‘पानी घट्ट’ मा काउली बुढी

डि-मर्चा व्याण्ड ले ‘पानी घट्ट’ गीत सार्वजनिक गरेको छ । नवराज बरालको शब्द, डिमर्चाको संगीतमा तयार पारिएको यो गीतमा सुदूरपश्चिम र पश्चिम नेपालको लोक भाकाको समिश्रण रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको यो म्यूजिक भिडियोमा काउली बुढीको रुपमा परिचित सन्ध्या बुढा र निराजन प्रधान लगायतले अभिनय रहेको छ । डि-मर्चा ब्याण्डमा भोकलिष्ट भाष्कर ध्वज श्रेष्ठसँगै बेस गितारमा बिरेन पुन, गितारमा सञ्जय नेपाल र ड्रमरमा प्रज्वल सुनार छन् ।