फिल्म ‘सावाँ ब्याज’ बन्दै

‘ओस्कार इन्टरनेशनल कलेज’ का विद्यार्थीहरुले फिल्म ‘साँवा ब्याज’ बनाउने भएका छन् । फिल्म कमेडी र एक्सन जनरामा निर्माण हुने निर्देशक देबिन राईले जानकारी दिए ।

फिल्ममा ओस्कार कलेजकै विद्यार्थीहरु प्रवेश महतरा क्षेत्री र रश्मी श्रेष्ठको अभिनय रहनेछ । फिल्ममा आषिश लिम्बुको छायांकन रहने छ । करिब ३ बर्षको स्क्रिप्ट पछि ओस्कार कलेजका विद्यार्थीले फिल्म बनाउन लागेका हुन् । फिल्मलाई देगेन्द्र कुमार राई र बिपिन राई मिलेर निर्माण गर्न लागेका हुन् । फिल्मको छायाँकन कात्तिकको तेश्रो साताबाट सुरु हुनेछ ।