म्यान्मारमा ‘नरहरी प्रेमी सुमधुर साँझ’

गायक तथा संगीतकार नरहरी प्रेमीका साथ यहि अक्टोबर १७ र १८मा म्यान्मारमा नरहरी प्रेमी सुमधुर साँझ हुने भएको छ ।

आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्ने उद्देश्यले हरेक बर्ष म्यान्मारबासीले बिभिन्न सांस्कृतिक झाँकी, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता पनि गर्दै आएका छन् । सोही अवसरमा नियमित रुपले विशेष सांस्कृतिक र साङ्गीतिक कार्यक्रम पनि आयोजना गरिने सन्दर्भमा,  यस वर्ष भने लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमी एकल गायन प्रस्तुति ‘नरहरि प्रेमी सुमधुर सांझ’ कार्यक्रमको आयोजना गर्ने भएका हुन् ।

नेपालीहरुको अत्यधिक बाहुल्यता रहेको ‘टमु’ शहरमा यो कार्यक्रम हुन गइरहेको म्यानमारका समाजसेवी एवम म्यानमार नेपाली समाजका अगुवा गोकुल गिरिले हामीलार्इ जानकारी गराएका छन् ।