अनमोल र प्रदिप एकैदिन आउनु संयोग नै हो त ?

अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘ए मेरो हजुर ३’ को दुइवटा पोष्टर रिलिज शुक्रवार गरिएको थियो । एका बिहानै निर्माता सुनिल कुमार थापाले चैत्र २९ गते फिल्म रिलिज हुन्छ भन्दै फस्टलुक सार्वजनिक गरे । अनमोलको फिल्म चैत्र २९ को अन्यौलमा थियो । अनमोल र सुहाना थापाले काम गरिरहेको यो फिल्मको छायांकन सुरु भएको छ । दशैंको शुभकामना भनेर यो फिल्मको फस्टलुक रिलिज गरिएको हो ।

अनमोलको फस्टलुक रिलिज भएको केही घन्टापछि अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङलाई फिचरिङ गरिरहेको ‘लभ स्टेशन’ फिल्मको तस्बिर रिलिज भएको छ । फिल्मलाई दार्जिलिङ्गमा खिचिएको धेरै दिन भइसक्यो । तर, यसका निर्माता गोविन्द शाहीलाई आजै त्यो पनि ‘ए मेरो हजुर ३’ को फस्टलुक नै रिलिज भएको दिनमा २ वटा तस्बिर सार्वजनिक गर्न किन परेको होला ?

चर्चालाई मान्ने हो भने यो फिल्म पनि चैत्र २९ गते नै रिलिज हुँदैछ । दुबै फिल्म एकैदिन रिलिज हुने भएकाले पनि यो खालको किस्सा देखिएको होला । होइन भने यत्रो दिन छायांकन भैरहेको लभ स्टेशनको फोटो ए मेरो हजुर ३ को पोष्टर आएको केही घन्टापछि नै सार्वजनिक गर्नुपर्ने हतारो के थियो र ?