२ हिरो मौन, स्वस्तिमालाई चटारो

अभिनेत्री स्वस्तिमा खड्काको चटारो भनिसाद्धे छैन । किनकी, उनी असोज ३० गतेबाट चल्न लागेको ‘जय भोले’ फिल्मको प्रचारका लागि पुग्नुपर्ने ठाउँमा पुगेकी छिन् । उनको दौडधुप यसरी प्रचारमा देखिएको थिएन, अघिल्ला फिल्ममा ।

स्वस्तिमाले यसरी चटारो बोक्दा फिल्मका मुख्य २ हिरो भने मौन जस्तै छन् । फिल्ममा सौगात मल्ल र खगेन्द्र लामिछाने मुख्य रोलमा छन् । सलोन बस्नेत पनि फिल्मको हिस्सा हुन् । तर, अहिलेको चटारो हेर्दा स्वस्तिमालाई मात्र लागेको देखिएको छ । निर्देशक अशोक शर्माको लगानी सुरक्षित गर्न सुरुवातका विदाका दिनमा सौगात र खगेन्द्रले पनि दर्शक तान्नपर्छ । स्वस्तिमाले मात्र दर्शक तानेर हुँदैन । यसमा पनि छक्का पन्जा ३ को ठाडो चुनौती त देखिनेवाला नै छ ।

खगेन्द्र र सौगातले आफ्नो अघिल्ला फिल्ममा पनि यसरी प्रचारमा दौडिएको देख्न पाइएको थिएन । भोली फिल्म हिट भयो भने स्वस्तिमाले मात्र क्रेडिट लेलिन् कि सौगात र खगेन्द्र पनि तम्सिएलान् ?