हाट बजार भित्र “चाउरी पर्ला त्यो गाला”

काठमाडौंमा एक कार्यक्रमका बीच आशिस तामाङ तथा सुदर्शन सुनारको सांगीतिक समुह ‘आशिष सुदर्शन’ ले तयार पारेका पप, आधुनिक तथा लोक–आधुनिक शैलीका गीतहरुको एल्बम ‘हाट बजार’ लोकार्पण गरिएको छ । गायकद्वय आशिष तथा सुदर्शनसहित टेलिभिजनकर्मी सोनाम छिरिङ लामा तथा अभिनेत्री नम्रता सापकोटाले संयुक्त रुपमा उक्त गीति एल्बम लोकार्पण गरेका हुन् । विमोचित एल्बममा आठ वटा गीत समावेश गरिएका छन् । एल्बमका सबै गीतहरु गायकद्वय आशिस र सुदर्शनले रचना तथा संगीत गरेका हुन् ।

गायक सुदर्शन सुनारले एल्बमका सबै गीतहरुमा नेपाली मौलिक बाजाहरु प्रयोग गरिएको बताए । एल्बमको समावेश चाउरी पर्ला…गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मोडल नम्रता सापकोटाले सिक्किमका युवा गायकहरुको नेपाली गीत–संगीतप्रतिको लगावलाई मुक्त कण्ठले प्रसंसा गरिन् ।

एमएनएस भिम्यागसंग आवद्ध सोनम छिरिङ लामाले म्युजिक भिडियो निर्देशन गरेका हुन् । काठमाडौंमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा श्रीजल रुपाखेतीले अभिनय गरेका छन् । बिजय कोजुद्वारा छायाँकन गरिएको उक्त भिडियोलाई जितेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।