‘आमै भन्छिन्’ म्युजिक भिडियो सार्वजनिक

‘राइज योर भोईस’का बिजेता द्वय नबिन परियार र सुदिप पाण्डेको आवाज रहेको ‘आमै भन्छिन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गत बर्ष आयोजना भएको ‘राइज योर भोईस’मा बिजेता बनेका उनीहरुलाई आयोजकका तर्फबाट एक गीत तथा भिडियो निर्माण गरिदिने निर्णय भएको थियो । प्रेम नेपालीको शब्दमा विशाल आत्रेयको संगीत रहेको उक्त गीतको भिडियोमा मुकेश गुरुङ र कोमल पाण्डे फिचर्ड छन् । प्रेम नेपालीको छायांकन तथा सम्पादन रहेको भिडियो मुकेश गुरुङको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको हो ।