अष्ट्रेलियामा खुलेका धिरज र साम्राज्ञी (फोटो फिचर)

नव नायक धिरज मगर र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यतिबेला फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ प्रिमियरका लागि अष्ट्रेलियामा पुगेका छन् । अस्ट्रेलियाको एडिलेटमा १ शो र सिड्नीमा शनिवार २ शो सम्पन्न भएको छ भने आइतवार सिड्नीको पारामाटामा १ शो हुँदैछ । पारामाटाको शो पछि उनीहरु तासमनिया र क्यानभरामाहुने फिल्म प्रिमियरमा सहभागी हुनेछन् । अष्ट्रेलियामा एजुकेशन एण्ड माइग्रेसन कर्नरका सुनिल उप्रेतीले फिल्म प्रदर्शन गरिरहेका छन् ।