अर्काकी श्रीमतीसंग घरजम गर्ने बलिउड कलाकार

- मेराेफिल्म

एक्काइसौ शताब्दि सम्म आइपुग्दा सामज धेरै परिवर्तन भएको छ । पहिले अनौठो लाग्ने धेरै कुरा आज सामान्य लाग्दै जान थालेका छन् । हामीले उठाउन खोजेको विषय वैवाहिक सम्बन्धको हो । हिजोका दिनमा जोडिएका सम्बन्ध तोडिँदा अचम्म लाग्थ्यो । किन कसरी र केका लागि भन्ने प्रश्नहरु उब्जिन्थे । तर पछिल्लो समयको अवास्था त्यस्तो छैन । एकबाट दुई, दुई बाट तीन सामान्य बन्दै गएको छ ।
एक जनासँग संबन्ध बिच्छेद भएको केहि समयमा नै दोश्रो घरजम गर्नेहरुको लर्को लामै छ आजभोली । अझ त्यसमा पनि फिल्म वा भनौ रंगकर्ममा लागेकाहरुको सम्बन्ध हेर्ने हो भने दोश्रो विवाह गर्नेहरु धेरै छन् । आज हामी भारतीय फिल्म क्षेत्रमा सकृय र चर्चित केही त्यस्ता जोडीहरुको कुरा गर्दै छौँ जसले एक सम्बन्धलाई बिटमार्दै अर्को वैवाहिक सम्बन्ध सुरु गरेका छन् अझ भनौँ  अर्काकी श्रीमतीसंग घरजम गरेका छन् :

मिथुन चक्रवर्ती / योगीता बाली:किशोर कुमारकी तेस्री श्रीमति योगीता बालीसँग डिस्को डान्सर मिथुन चक्रबर्तीले विवाह गरेका हुन् । योगिता र किशोर कुमारले सन् १९७६ मा विवाह गरेका थिए । विवाह गरेको दुई वर्षपछि नै उनीहरु अलग भएका थिए । सम्बन्ध विच्छेदको ११ बर्ष पछि सन् १९८९ मा योगीताले मिथुनसँग बिबाह गरेकी हुन् ।

सञ्जय / मान्यता दत्त
सञ्जय दत्त मान्यताका पहिलो पति होइनन् । मिराज उर रहमान शेखसँग बिवाह गरेकी मान्यताले पछि संजय दत्तसंग बिवाह गरिन् । शेखले खुसी नदिएको भन्दै उनले सञ्जयसँग दोस्रो बिहे गरेकी हुन् । सम्बन्ध विच्छेद नै नगरी मान्यताले संजयसंग बिवाह गरेकी हुन् । यस बिषयमा शेखले मान्यता र सञ्जयको बिवाह अबैध भएको बताए पनि अदालतले यी दुइको बिवाहलाई वैधानिकता दिएको थियो ।

अनुपम / किरण खेरः
मुम्बईका ब्यवासायी गौतम बेरीसँग बिवाह गरेकी किरणको पहिलो विवाह लामो समय टिकेन । विवाह गरेको एक वर्षमै उनीहरुले सम्बन्ध बिच्छेद गरे । थिएटरमा काम गर्दा नै साथी बनेका अनुपम खेरले सम्बन्ध विच्छेद पछि किरणलाई एक सन्तान सहित विवाह गरे ।

गुलजार / राखीः
राखीले पहिलो विवाह बंगाली फिल्म निर्देशक अजय विश्वाससँग गरेकी थिईन् । पहिलो घरवार बिग्रेपछि गुलजारसंग विवाह गरेकी राखीको दोस्रो बैबाहिक जीपन पनि सफल हुन सकेन । उनीहरु विवाहको एक वर्षपछि नै छुटि्टए ।

समीर सोनी / नीलम :
मोडल राज्यलक्ष्मी खानविलाससँग बिबाह गरेका समीर सोनीको बैवाहिक सम्बन्ध ६ महिनामै टुट्यो । लगत्तै समीरले ऋषि सेठियाकी पुर्व पत्नी निलम कोठारीसँग विवाह गरे । तर, समीर र निलमको विवाह पनि लामो समयसम्म टिक्न सकेन ।

२०७५ असोज २८ गते १२:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *