लाउरेको मुख्य भूमिकामा ‘लाउरेको र्याप’ फिल्म निर्माण हुँदै

चर्चित र्यापर आशिष राना (लाउरे) पुन फिल्मी पर्दामा देखिने भएका छन् ।  ‘लाउरेको र्याप’ नामक फिल्ममा उनी लिड रोलमा देखिने पक्का भएको छ ।

लाउरेले नेपाली र्यापलाई उचाइमा पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् । र्याप ब्याटलबाट चर्चामा आएका लाउरे पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘रोडिज्’मा ब्यस्त छन् । ‘रोडिज्’को समाप्तीसंगै उनी लाउरेको र्याप फिल्ममा ब्यस्त हुनेछन् । हाल लाउरे र निर्माण यूनिट बिच लिखित सम्झौता भइसकेको छ ।

फिल्ममा लाउरेसंगै जिन्दगी रक्स डेब्यु नायक सोनाम पाख्रिन फाइनल भएका छन् भने नायिका तथा अन्य कलाकार भने फाइनल हुन बाँकि रहेको छ । लाउरेले यसअघि २०१४ मा फिल्म ताण्डवमा अभिनय गरेका थिए । जुन व्यवसायिक रुपमा सफल हुन सकेको थिएन ।

पासाङ योन्जन लामाको कथा तथा निर्देशन् रहने फिल्मको हाल स्क्रिप्टको काम अन्तिम चरणमा पुगेको छ । अहिले स्क्रिप्टको काम भैरहेको फिल्म ‘लाउरेको कथा’को माघमा अफिसियल अनाउन्समेन्ट गर्ने र फागुनबाट फ्लोरमा जाने निर्माण टिमको योजना रहेको बुझिएको छ । फिल्ममा कसम नेपालको स्क्रिप्ट, हरी हुमागाईंको छायांकन रहने छ भने निर्माण दावा शेर्पाले गर्न लागेका हुन् ।

सय बढी म्युजिक भिडियो निर्देशन् गरेका पासाङ योन्जन लामा फिल्म निर्देशनमा डेब्यु गर्दै छन् । नेपालको परिप्रेक्ष्यमा र्यापरको कथामा फिल्म बन्न लागेको भने पहिलो पटक रहेको निर्देशक लामाले बताए । म्युजिक भिडियो भन्दा केही फरक गर्ने चाहनाले नै फिल्म निर्देशन् गर्न लागेको समेत उनले जानकारी दिए । फिल्मको छायांकन काठमाडौँसंगै नेपालका विभिन्न स्थानहरुमा हुनेछ ।