प्रसादको ‘लै लै’ पछि ‘बन कि चरी’

नि : सन्तान जोडीको मनोभावनामा आधारित कथामा तयार गरिएको फिल्म ‘प्रसाद’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘बनकी चरी’ बोलको गीतमा रुपक डोटेल र अन्जु पन्तको आवाज रहेको छ बि पी पाण्डेको शब्द रहेको गीतमा सुबाश भुषालको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । केहि समय अघि स्याड भर्सनको लिरिकल भिडियो ‘लै लै’ सार्वजनिक गरेको निर्माण टिमले यस पटक भने रोमान्टिक गीत सार्वजनिक गरेको हो ।

फिल्म ‘प्रसाद’को पटकथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, शिव बिकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । शुभास थापाको निर्माण रहेको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन् ।