रियाजलाई छोडेर करणसँग मस्त सारा (भिडियो)

- मेराेफिल्म

सुन्दर अनुहार मिलेको जिउडाल अनी मिठो लवज कसलाई मन पर्दैन र ? नायिका सारा शिर्पाली पनि त्यस्तै छिन् सुन्दर अनि मिठो लवजकि धनि । उनलाई देखेर नलोभिने कमै होलान् । त्यस्तै भयो मोडल रियाज आचार्यलाई पनि । साराको सुन्दरता देखेर लोभिएका उनी त्यति बेला छक्क परे जब उनले सारालाई निर्देशक करण श्रेष्ठसंग देखे । तर यो वास्विक कहानी नभई गायक अशोक सिवाको भर्खरै सार्वजनिक गीत ‘ए कान्छी’को भिडियो कथा हो ।

सार्वजनिक गीतमा अशोक सिवा र विशाल खतिवडाको शब्द रहेको छ । भिडियोमा हरी हुमागाईको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । ट्राभल स्टोरी समेटिएको भिडियो प्रदिप कुमार चौधरीको निर्देशनमा तयार भएको हो । नाटक निर्देशन्, अभिनय तथा लेखनमा सकृय चौधरीको भिडियो निर्देशनमा भने यो डेब्यु हो । गायक सिवा गाईघाटलाई बेस बनाएर नेपाली संगीतको क्षेत्रमा सकृय छन् । लामो समयको अन्तराल पछि उनी ‘ए कान्छी’ बोलको गीत तथा भिडियो लिएर दर्शक श्रोता माझ आएका हुन् । भिडियोमा नायिका सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदिप रावल, गोकुल पोखरेल, बिकास लामा लगायत फिचर्ड छन् ।

२०७५ असोज २८ गते १७:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *