‘खसिनी’ गल्ति भयो – आशिका तामाङ

फिल्म ‘सुश्री’ नायिका आशिका तामाङले ‘खसिनी’ भिडियोका लागि माफी मागेकी छन् । नायिका बन्नकै लागि उनले आर्यन सिग्देललाइ लिएर फिल्म निर्माण गरेको चर्चा समेत चलेको थियो । फिल्म चलेन र उनको चर्चा त्यतिकैमा समाप्त भयो ।

उनै नायिका तामांगले फिल्म रिलिजको लामो समय पछि दशैंको अवसरमा एक भिडियो सेयर गरिन् । उनको उक्त ‘खसिनी’ भिडियोमा माछा मासु सके सम्म नखान र खानै परे पनि घरबार बिहिन पशु पन्छीको खाना आग्रह गरेकी छन् । उक्त भिडियोमा उनले आशु झार्दै ‘खसिनी’ शब्द प्रयोग गरिन् र पशुहरु प्रति माया दर्साउन खोजिन् । .उनी आफुले सहि गर्दै गर्दा पनि अरुले गलत रुपमा ब्याख्या गरेको भन्ने गर्छिन् ।

यहि खसिनी शब्द र इमोसनल भिडियोको कारण उनी ट्रोलको सिकार बनिन् । उनी आफु भने माछामासु खान्छिन् तर भिडियोमा आँसु खसाल्दै पशुपन्छी नमर्न आग्रह गरेकी छन् । हराएको चर्चालाइ पुन: ताजा बनाउन उनले नाटक गरेको भन्नेको संख्या समेत धेरै नै छ । उनको पोस्टलाइ लिएर धेरै टिप्पणीहरु भएका छन् । उनी भने आफुले केहि गलत नभनेको र अरुले नबुझेको भन्दै आएकी थिइन् । तर पहिलो भिडियो भाइरल भएसंगै आएको नकारात्मक टिप्पणीका बारेमा पुनः अर्को भिडियो हाल्दै माफी मागेकी छन् ।