पतिलाई सम्झेर आँसु झार्छिन् करिना !

बलिउड नायिका करिना कपुर आफ्ना पति सैफअलि खानलाई सम्झदै एकान्तमा रुने गर्छिन् । यो कुराको खुलासा करिना आफैले गरेकी हुन् । केही दिन अघि पत्रकारसँगको कुराकानीमा उनले पति सैफ सुटिङका लागि घर बाहिर भएको समयमा आफु एक्लो हुने बताइन् । यस्तो बेला आफूले आँसु थाम्न नसक्ने गरेको भन्दै उनले भनिन, ‘सैफ जब सुटिङका लागि घर निस्कन्छन्, म उनलाई मिस गर्छु र एक्लै रोएर बस्छु ।’ उनले भनेकी छन्, मलाई उनको धेरै माया लाग्छ ।’ छोरासँगै भए पनि सैफ नहुँदा उनले आफूलार्इ एक्लो महसु गर्ने गरेको बताइन् ।

सन् २०१२ मा लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यी जोडी बलिउडका चर्चित जोडी मध्येका एक हुन् । उनीहरुका छोरा तैमुर समेत चर्चित स्टार किडमा पर्दछन् । पछिल्लो दिनमा करिनाको समय अभिनयमा भन्दा छोराको हेरबिचारमा बित्ने गरेको छ । त्यसैले पनि उनी घरमा र पति घर बाहिर हुन्छन् त्यती बेला उनी पतिलाई सम्झेर रुने गरेको उनले बताइकी हुन् ।