पुष्प र आँचलको पिरतीको रङ्ग

अम्बिका गुरुङको शब्दमा सुमन केसी र मेलिना राईको स्वर रहेको ‘पिरतीको रङ्ग’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा राजिव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहेको छ । भिडियोलाई पछिल्लो समयका ब्यस्त निर्देशक तथा पोस्टर डिजाइनर शान थापाले निर्देशन गरेका हुन् । यसै भिडियो मार्फत नायक पुष्प खड्का र नायिका आँचल शर्माले पहिलो पटक स्क्रिन सेयर गरेका छन् ।