मृत्युपछि पनि करोडौँ कमाउने दश सेलेब्रिटी

सामान्यतया सेलिब्रेटीहरुको कमाई धेरै नै हुने गर्छ । उनीहरुको जीवनस्तर सर्वसाधारणको भन्दा फरक हुन पर्ने भएकोले दैनिकी व्यवस्थापन कै लागि पनि बढी पारिश्रमिक लिन पर्ने चर्चा गर्छन उनीहरु । यो त भयो बाचुन्जेल सम्म सेलिब्रेटीसंग हुन पर्ने रकमको कुरा । तर आज हामी चर्चा गर्दै छौ मृत्यु पछी पनि करोडौं कमाउने सेलिब्रेटीको बारेमा । फोर्ब्स म्यागेजिनले त्यस्तो सुची तयार गरि सार्वजनिक गरेको छ जसमा मृत्युपछि पनि सेलेब्रिटीहरुले करोडौँ रुपैयाँ कमाई रहेका छन् ।

हेरौं को को छन् त यस्ता व्यक्तित्वहरु:
१ : माइकल ज्याक्सन

पप स्टार माइकल ज्याक्सन मृत्यु पछि ठुलो मात्रामा रकम आर्जन गर्ने सेलिब्रेटी सूचिको शिर्ष स्थानमा रहेका छन् । उनले एक वर्षमा ७६.८ करोड रुपैयाँ कमाईरहेका छन् । ड्रग ओवरडोजका कारण उनको २००९ मा मृत्यु भएको थियो । आज पनि उनले आफ्नो म्यूजिक कम्पनीमा रहेको सेयर रकम र उनको म्यूजिक रोयल्टी छुट्टा छुट्टै पाउने गर्छन् । गत वर्ष सम्म माइकल ७२० करोड कमाउने गर्थे । यो वर्ष भने उनको कमाईमा गिरावट आएको छ ।

२ : अर्नाल्ड पामर (गल्फर) वर्षको जम्मा कमाई – ४० करोड रुपैयाँ

३ : चार्ल्स एम शुल्ज (कार्टुनिस्ट) वर्षको जम्मा कमाई – ३८.४ करोड रुपैयाँ

४ : एल्विस प्रीस्ले (गायक तथा डान्सर) वर्षको जम्मा कमाई – ३५.२ करोड रुपैयाँ

५ : बब मार्ली– २४ करोड रुपैयाँ

६ : टम पेटी (गायक) वर्षको जम्मा कमाई – २०.८ करोड रुपैयाँ

७ : प्रिन्स (म्यूजिशियन र एक्टर) वर्षको जम्मा कमाई – १९.२ करोड रुपैयाँ

८ : डा. स्यूज (अथर) वर्षको जम्मा कमाई – १६ करोड रुपैयाँ

९ : जोन लेनन (म्यूजिशियन) वर्षको जम्मा कमाई – १२.८ करोड रुपैयाँ

१० : अल्बर्ट आईन्स्टाईन (वैज्ञानिक) वर्षको जम्मा कमाई – ९.६ करोड रुपैयाँ