आस्था र बिनुको दशैं तिहार (भिडियो)

गायिका आस्था राउतको दशैं तिहार गीत ‘दशैं आयो तिहार आयो’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द रचना रहेको गीतमा बिनु शाक्य फिचर्ड छिन् ।

भुवन दास श्रेष्ठ कोरियोग्राफर रहेको भिडियो आशिष लिम्बुले छायांकन गरेका हुन्  । साइबा शर्मा र दिपेश केसीको निदेशन रहेको भिडियो सम्पादन बिनोद न्यौपाने ले गरेका हुन् ।