जय भोलेसंगै अर्कोको दशैँसमेत अशोक शर्माको कब्जामा

१२ बर्ष पछि ‘जय भोले’ मार्फत नेपाली फिल्मी क्षेत्रमा फर्किएका अशोक शर्माले अर्को फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको औपचारिक घोषणा नगरे पनि ‘रातो टिका निधारमा’ नाम राखेर फिल्म निर्माण हुन लागेको हो ।

अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्म ‘जय भोले’ आज बाट प्रदर्शनमा आएको छ । जय भोलेको क्रेडिट लाइनमा  उनले फिल्म  ‘रातो टिका निधारमा’ अर्को दशैंमा प्रदर्शन गर्ने उल्लेख गरेका छन् ।

“फिल्म ट्रक ड्राइभर निर्माणको समयबाटै आफ्नो फिल्म प्रदर्शनको दिन नयाँ फिल्म घोषणा गर्दै आएकोमा यस पटक पनि सोहि क्रमलाई निरन्तरता दिएको छु” उनले बताए ।

छक्का पन्जा सिरिज लगातार दशैंमा रिलिज गरेको भनेर बिरोध गर्दै आएका शर्मा आफैले भने एक वर्ष अगाडी नै रिलिज मिति बुक गर्दै दशैंमा फिल्म रिलिज गर्ने भएका हुन् ।