सलमानकी पूर्वप्रेमीका यौन शोषणको शिकार

‘मिटू’ अभियानका कारण यौन हिंसाका पुराना घटनाहरु चर्चामा आएरहेका छन् । धेरै कलाकारहरुले आफूमाथि भएको यौन शोषणको घटनाहरु लामो समय पछि भए पनि पर्दाफास गरिरहेका छन् । यसै क्रममा बलिउड सुपरस्टार सलमान खानकी पूर्वप्रेमीका सोमी अलीले पनि आफूमाथि भएको पुरानो यौन हिंसाकाबारेमा बोलेकी छन् ।

एक अन्तर्वाताको क्रममा उनले आफूमाथि ५ वर्षको उमेरमा यौन शोषण भएको खुलासा गरेकी छन् । सोमीले भनिन्, ‘५ वर्षको उमेरमा घरमा काम गर्नेले ममाथि यौन शोषण गरेको थियो । आफ्नो अनुभव शेयर गर्दा नै अन्य पिडितलाइ समेत बोल्ने हौसला मिल्छ । म यस्तो ठाउँमा बसेँ जहाँ महिला घरेलु हिंसाको शिकार हुने गर्दछन् । मेरी आमाका धेरै साथीहरुले शारीरिक उत्पीडन झेल्थे ।’’

सोमीले कृष्णा अवतार, यार गद्दार, आन्दोलन, माफिया, अग्निचक्र, चुप लगायत फिल्ममा अभिनय गरेकी छन् । सलमान र सोमी करीब ९ वर्षसम्म रिलेशनशिपमा थिए । ब्रेकअपपछि उनी फ्लोरिडा गएकी थिइन् ।