‘म सुतिरहन चाहन्थे’ दीपिका पादुकोण

फिल्मी क्षेत्रमा एक पछि अर्को अभियान चल्ने गरेको छ । मि टु संग संगै डिप्रेसनका कुरा पनि बाहिर थालेका छन् । दिपिका पादुकोण ती कलाकारमा पार्छिन जसले आफु डिप्रेसनमा रहेको कुरा खुलेर गरिन् ।

उनले हालै सामाजिक सञ्जालमा एक भिडियो राखेकी छन् । जसमा उनी आँसु बगाउँदै भन्छिन्, ‘बस्, म सुत्न चाहन्थे । त्यो मेरो बचाउको तरिका थियो मात्र सुतिरहनु थियो, बिँउझिनु थिएन । तर हरेक दिन म बिँउझिनु पनि थियो । मलाई काममा जानु थियो । हरेक दिन एक चुनौती थियो । मलाई एक ठाउँ खोज्नु थियो जहाँ रून सकौ । आजसम्म पनि मलाई अलार्म सुन्दा डर लाग्छ ।’

उनी डिप्रेसनमा गएका ब्याक्तिलाई सहयोग गर्न चाहन्छिन् । उनले यसका लागि ‘लिभ, लभ, लाफ फाउन्डेसन’ नामक संस्था खोलेकी छन् । भारतमा मानसिक स्वास्थ्यको बारेमा जानकारी कमी भएकाले आफू सहयोग गर्न अगाडि बढेको बताउछिन् ।