यस महलमा गर्दै छन्, प्रियंका र निकले विवाह

- मेराेफिल्म

बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनाशबीचको बिवाहको  स्थान सार्वजनिक भएको छ । यस जोडीले भारतको धपुरको उम्मेद प्यालेसमा करिब २०० देशीविदेशी पाहुनासहित शाही परम्परा अनुसार बिबाह गर्ने बताइएको छ । जुन महलमा प्रियंका र निकको बिहे हुँदैछ उक्त स्थानमा करिब ७५ वर्षपछि विवाह हुन लागेको हो ।

यो महल महाराजा उम्मेद सिंहले १९२९ मा बनाउन शुरु गरेका थिए भने १४ वर्षमा महल तयार भएको थियो । सो महल बनाउन करिब ३ हजार मजदुरले काम गरेको बताइन्छ । यो जोडीले १८ अगस्टमा मुम्बईमा इन्गेजमेन्ट गरेका थिए ।

२०७५ असोज ३१ गते ११:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *