‘हिरो नं १’ निर्माण घोषणा

जय किशन बस्नेतले फूलपातीको अवसर पारेर फिल्म ‘हिरो नं १’ निर्माण घोषणा गरेका छन् । दशैं सकिनासाथ छायाँकन सुरु गर्ने लक्ष्य लिई घोषणा गरिएको फिल्मका कलाकारहरु फाइनल भएका छैनन् ।

जय किशन बस्नेत फिल्मस् प्रा लिको ब्यानरमा निर्माण हुने फिल्ममा टंक बुढाथोकीको संगीत, एन.बि. महर्जनको द्वन्द, जीवन श्रेष्ठको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन, शिव बि.कको नृत्य र जय किशन बस्नेत स्वयमको लेखन तथा निर्माण रहने छ । फिल्म आगामी नयाँ वर्ष २०७६ को अवसर पारेर प्रदर्शनमा ल्याईने फिल्म निर्माण टिमले जानकारी गरेको छ ।