फिल्म ‘नि प्युगाल’ को पहिलो गीत सार्वजनिक

भुजेल जातिको भाषा, संस्कार र संस्कृतिमा आधारित पहिलो फिल्म ‘नि प्हुगाल’ (हामी भुजेल) को पहिलो गीत ‘कोहि भन्छन किन अप्सरा जस्ती’ सार्वजनिक भएको छ । गीतमा कमल भुजेलको शब्द,  कृष्णकुमार गुरुङको सङ्गीत, स्मृति शाहीको स्वर र पवित्रा गुरुङको कोरियोग्राफी रहेको छ ।

रेशम भुजेलको परिकल्पनामा भकारी इभेन्टस प्रा.लिको व्यानरमा निर्मित उक्त फिल्म भुजेल समाज सेवा समिती र भुजेल चलचित्र संघले संयुक्त रुपमा निर्माण गरेका हुन् । कमल भुजेलको कथा, प्रकाश गुरुङको छायाङकन , कृष्णकुमार गुरुङको निर्देशन, सर्वज्ञमान शाक्यको सम्पादन तथा सहायक निर्देशकमा सोम गुरुङ र ज्ञानु भुजेल रहेको उक्त फिल्मको कार्यकारी निर्माता कमलबहादुर भुजेल रहेका छन् ।