रियल जोडीसंग होलिडे मुडमा नीराजन

धेरैलाई थाह नहुन सक्छ चर्चित मोडल नीराजन प्रधान विवाहित हुन् भनेर । रिल लाइफमा धेरैसंग रोमान्स गरेका प्रधानको बिवाह अस्ट्रेलियामा बस्दै आएकी ललिता श्रेष्ठसंग भएको हो । म्युजिक भिडियो मोडलिङमा आफुलाई अब्बल साबित गरेका नीराजनले रियल जोडीसंगका तस्विरहरु खासै सामाजिक संजालमा पोस्ट गर्दैनन् ।  नीराजन केहि समय अगाडी फिल्म जालोमा देखिएका थिए भने फिल्म प्रेमालय मार्फत मुख्य भूमिकामा देखिन लागेका उनले फिल्मको औपचारिक घोषणापछी उक्त फिल्म छोडेका थिए ।