फिल्म ‘हृदय भरी’मा पल अनुबन्धित

निर्देशक सुरज सुब्बा ‘नाल्वो’को निर्देशन रहने फिल्म ‘हृदय भरी’मा नायक पल शाह अनुबन्धित भएका छन् । असोज ३० गते पुलपातीको दिन नायक शाह र फिल्म निर्माण यूनिट बिच सम्झौता भएको हो ।

निर्देशक सुब्बाले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफ्नो फिल्ममा पल अनुबन्धित भएको बताएका थिए । शाह प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्म चन्दन शाह र सौरभ विश्वासले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्मका अन्य कास्टको बारेमा भने सुब्बाले केहि खुलाएका छैनन् । नायक पल शाहले फिल्म शत्रु गते पछी केही समयको ग्याप लिएका थिए ।