‘डाइङ क्यान्डल’लाई दुई अवार्ड

नेपाली फिल्म ‘डाइङ क्यान्डल’ ले ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’मा दुई अवार्ड हात पारेको छ । फिल्मले उत्कृष्ट अभिनेत्री र छायाँकारको अवार्ड हात पारेको हो ।  अभिनेत्रीको अवार्ड सृजना सुब्बाले प्राप्त गरिन् भने छायाँकारको अवार्ड दीपन्कर सिक्देल र रवीन आचार्यले प्राप्त गरे । फिल्म नरेशकुमार केसीले निर्देशन गरेका हुन् ।

फेस्टिवलमा फिल्म नोमिनिज भएपछि निर्देशक केसी र अभिनेत्री सुब्बा सिंगापुर पुगेका थिए । फिल्मले अन्तराष्ट्रिय अवार्ड जित्नु आफ्नो लागि थप जिम्मेवारी थपिएको निर्देशक केसीले बताए । फिल्ममा सिर्जना सहित लाक्पा सिंगे तामाङ, सौगात मल्ल, अर्पण थापा, लगायतक कलाकारकबो मुख्य भूमिका रहेको छ ।