दशैंमा ‘मिठो मिठो’

उत्तम थापा मगर युडीको रोमान्टिक शैलीको डान्सिङ नम्बर सार्वजनिक भएको छ । गीतमा उत्तमका साथ राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ । डा. राजबाबु श्रेष्ठले लेखेको गीतमा गायक सिवाकोटीकै संगीत रहेको छ  ।

निकेश खड्काले निर्देशन गरेको भिडियो प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । गीतमा आकाश श्रेष्ठ र र कविता नेपाली फिचर्ड छन् । भिडियो सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।