बिस बर्षपछि ‘कुछ कुछ होता है’ सिक्वेल

फिल्म ‘कुछ कुछ होता है’ को सिक्वेल बन्ने भएको छ । फिल्म निर्माण भएको २० बर्ष पुगेको उपलक्ष्यमा फिल्मको सिक्वेल घोषणा गरिएको हो । फिल्म सिक्वेल घोषणा कार्यक्रममा ‘कुछ कुछ होता है’ का मुख्य कलाकार शाहरुख खान, काजोल र रानी मुखर्जी एकसाथ उपस्थित भएका थिए ।

सिक्लेलमा अर्का कलाकार सलमान खान समेत हुने कुरा भारतीय संचार माध्यमले सार्वजनिक गरिरहेका छन् । तर निर्माण पक्षले यस विषयमा केहि प्रतिक्रिया भने दिएका छैनन् । सिक्वेल फिल्ममा पनि साहरुख खानकै मूख्य भुमिकामा रहने निर्माण पक्षले जानकारी गराईसकेका छन् ।