सपना निमोठिएको सारुक र सुरक्षाको कथा

फिरोज र एड्रिनको आवाजमा गीत ‘नमरी बाँचे’ सार्वजनिक भएको छ । आफ्नो व्यक्तिगत जीवन र समस्या समेत भन्न नपाइने सदैव देशको सेवामा खटिन तयार हुनपर्ने शैनिकको पिडा र उक्त परिवारको सदस्यहरुले निमोठ्न पर्ने संगै बस्ने सपनालाई गीतको भिडियोमा समेटिएको छ ।

विवाह कै अर्को दिनमा घर छोड्न पर्दा नवविवाहित जोडीको अनुभवलाई सारुक ताम्राकार र सुरक्षा पन्तले जीवन्त अभिनय मार्फत दर्शाएका छन् । ‘ल है’ एल्बममा समेटिएको गीतमा शब्द तथा संगीत समेत गायक फिरोज प्रधानको रहेको छ । जोनश गुरुङको छायांकन रहेको भिडियो अनमोल गुरुङले निर्देशन तथा सम्पादन गरेका हुन् ।