एक जमानाकी प्रेमिका (भिडियो)

गायक देव कुमार मगरको अवाज रहेको गीत ‘एक जमानामा’ सार्वजनिक भएको छ । गायक मगरकै शब्द तथा संगीत रहेको गीतमा चन्दु गोरखालीको एरेन्ज रहेको छ । प्रेम पछि विछोडको कथा गीतमा समेटिएको छ ।

भिडियोमा राहुल राईको छायाँकन, अनिल कुमार मर्हजनको सम्पादन, कुल केसीको निर्देशन रहेको छ । उक्त भिडियोमा सितल केसी, दिपेन्द्र श्रेष्ठ, विजय श्रेष्ठ, पुजा भण्डारी, सिर्जना कार्कि र डिम्पी ठकुरीको अभिनय रहेको छ ।