प्रमोसनमा न आएको याद दशैँमा आएछ !

फिल्म चङ्गा चेट प्रदर्शनको क्रममा छ निर्माण टिमले फिल्मको ट्रेलर र गीत रिलिज गरिसकेका छन् । प्रचार प्रसारमा ब्यस्त छन्, फिल्म निर्माण टिम र कलाकारहरु । कलाकारको कहिले फिल्म प्रमोसनमा प्रसस्तै साथ दिने त कहिले देखा नै नपर्ने प्रचलन खासै पुरानो हैन ।

फिल्मकी मुख्य कलाकार सुरक्षा पन्त ट्रेलर रिलिज कार्यक्रममा उपस्थित थिइनन् । तर उनै नायिकालाई अचानक फिल्मको माया लागेर आएको छ । दशैँको फोटो सामाजिक संजालमा राख्दै उनले लेखेकी छन् ‘गोजीमा दाम आयो नि है ?’

फिल्म चङ्गा चेटको गीत ‘गोजीमा दाम छैन’ ले धेरै नै चर्चा कमाएको छ । दशैंको माहोलमा भने नायिका पन्तलाई समेत आफ्नो फिल्मको याद आए जस्तो छ ।