सलमानसँग नाम जोडिएका आठ युवती

पचासौं बसन्त पार गरिसकेका बलिउड अभिनेता सलमान खान अझै सम्म अविवाहित छन् । बिवाह नगरे पनि उनको नाम भने धेरै युवती संग जोडिने गर्छ । आज हामी ति युवतीको बारे चर्चा गर्दै छौ जसको नाम कुनै समय सलमान खानसंग जोडिने गर्थ्यो ।

संगिता बिजलानी
अभिनेत्री संगिता बिजलानी संभवत सलमानकी पहिलो प्रेमिका हुन् । सलमान बलिउड फिल्म ईन्डष्ट्रीमा आउना साथ संगिताको प्रेममा परेको चर्चा भारतीय  संचार माध्यमहरुले गर्ने गर्छन् । केहि समयमा यी दुको सम्बन्ध टुंगियो ।

सोमी अलि
केहि समय अघि मि टु अभियान अन्तर्गत आफु संग भएको यौन दुर्व्यवहारको घटना बाहिर ल्याएकी सोमी अलीले  संगितासँग ब्रेकअप भए लगत्तै सलमानसंगको सम्बन्ध अगाडी बढाएकी थिइन् । बलिउडमा त्यती चर्चा नापाए पनि सलमान र सोमी बिच राम्रै प्रेम चलेको थियो । सलमानको रिसाउने बानी भएकै कारणले गर्दा सोमीले सलमानलाई छोडेको चर्चा चल्ने गर्छ ।

ऐश्वर्या राय
बलिउड सुन्दरी ऐश्वर्या राय र सलमान बिचको प्रेम भने अलि लामै समय सम्म चलेको थियो । यि दुई करिब ४ वर्षसम्म एक अर्काको प्रेममा थिए । भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार एक दिन सलमानले रिसाएर ऐश्वर्यालाई एक थप्पड हानेपछि त्यहिबाट उनीहरुको ४ वर्षे प्रेममा पुर्ण विराम लागेको बताईन्छ ।

कट्रिना कैफ
ऐश्वर्यासँगको ब्रेकअप लगत्तै २००३ मा सलमानको जिन्दगीमा कट्रिना कैफको ईन्ट्र भयो । पहिलो पटक फिल्म बुमको सेटमा भेटेका यि दुई त्यहीबाट नजिक हुँदै गए र प्रेमी प्रेमिका सम्म बन्न पुगे । यहि क्रममा कट्रिनाले रणबिर कपुरलाई भेटीन र सलमान सँगको प्रेमलाई पुर्ण बिराम लगाईन् ।

क्लाउडिया सेस्ला
सलमानको जिवनमा प्रेमीका बनेर क्लाउडिया सेस्ला पनि आएको चर्चा चलेको थियो । तर सेस्लासँगको सम्बन्धको विषयमा सलमानले हामी राम्रो साथी मात्रै हौं भनेका थिए । उनले सेस्ला सँग आफ्नो प्रेम सम्बन्ध नभएको बारम्बार मिडिया मार्फत बताए पनि भारतीय फिल्मी जगतमा भने यि दुई प्रेमि प्रेमीका नै भएको चर्चा चलेको थियो ।

महक चहल
टेलिभिजन कार्यक्रम बिग बोसको पाँचौं सिजनमा सहभागी भएकी फिल्म वान्टेड अभिनेत्री महक चहलसँग पनि सलमानको अफेयर भएको चर्चा चलेको थियो । सलमान सँगको प्रेम सम्बन्धको कारणले नै महकलाई रातारात चर्चा पनि दिलायो । अभिनेत्री कट्रिना सँग लगभग अनुहार मिल्ने अर्की अभिनेत्री जरीन खान सँग भटेपछि सलमानले पनि महक चहललाई छाडीदिए ।

जरिन खान
जरिन र सलमानको प्रेम सम्बन्धले पनि मिडियामा निकै चर्चा पायो । संचार माध्यमहरुले उल्लेख गरे अनुसार कट्रिनासँग अनुहार मिल्दो जुल्दो भएकै कारणले गर्दा सलमान जरीन प्रति अक्रर्षीत भएका थिए । यि दुईले फिल्म बिर मा एक साथ काम पनि गरे । जरीन सँग पनि सलमानको सम्बन्ध लामो समय सम्म टिक्न सकेन र उनको जिवनमा फेरी मोडल युलिया वंतुरको ईन्ट्री भयो ।

युलिया वंतुर
हाल सलमान युलिया सँग प्रेम सम्बन्धमा छन् । भारतीय संचार माध्यमहरुले उल्लेख गरेअनुसार यि दुई अब चाँडै नै बिवाह पनि गर्ने तयारीमा छन् । हेरौं अब युलिया सलमानको जिन्दगीमा कति समय सम्म टिक्ने छिन् ।