‘इन्डियन आइडल’ बाट बाहिरिए अनु मल्लिक

‘मि टु’मा नाम मुछिएपछी बलिउड संगीतकार अनु मल्लिकले टिभी रियालिटी शो ‘इन्डियन आइडल’को दशौं संस्करणको निर्णायकबाट बाहिरिनु परेको छ । सोनीले एक विज्ञप्ति जारी गर्दै यौन उत्पीडनको आरोप लागेपछि अनुले सोनी इन्टरनेटमेन्टको कार्यक्रम छोडेको जानकारी दिएको छ ।
संगीतकार मल्लिकमाथि गायिका सोना मोहपात्रा, श्वेता पण्डितलगायत अन्य दुई महिलाले उनलाई यौन दुर्व्यवहारको आरोप लगाएका थिए । कार्यक्रमबाट बाहिरिएपछि अनुले भने काममा ध्यान दिन नसकेको भन्दै केही समयका लागि विश्राम लिएको प्रतिक्रिया दिएका छन् । अनुका वकिलले आरोपको खण्डन गर्दै उनको चरित्रहत्याको दुष्प्रयासमात्र भएको जनाएका छन् ।
अनुमाथि लागेको आरोपमा गीतकार समिरले भने उनको बचाउ गरेका छन् । उनले श्वेता पंडितको अडिसनका क्रममा आफू उपस्थित रहेको र पंडितले भनेजस्तो केहि नभएको दाबी गरेका छन् ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया