बाहिरियो दीपिका-रणवीर विवाह मिति

बलिउड अभिनेता रणविर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाह मितिको टुङ्गो लागेको छ। दीपिकाले सामाजिक संजाल फेसबुकमा विवाहको कार्ड सार्वजनिक गर्दै अगामी महिना विवाह हुने जानकारी दिएकी हुन् । बिवाह नोभेम्बर १४ र १५ तारिक मा हुनेछ ।

विवाह कार्डमा ‘यतिका वर्षसम्म दर्शक शुभेच्छुकले दिएको माया र स्नेह गरेकोमा हामी आभारी छौ र अब सुरू हुन लागेको माया, मित्रता तथा विश्वासको सुन्दर नयाँ यात्रामा आशिर्वाद कामाना गर्छौ’, भनिएको छ । यी दुईको बिवाह सिन्धी परम्परा अनुसार करिव ३० जना पाहुनाको उपस्थितिमा हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।