काजल अग्रवालका कमैलाई थाहा भएका पाँच तथ्य

दक्षिण भारतीय फिल्म अभिनेत्री काजल अग्रवालको सुन्दरताको चर्चा धेरै नै चल्ने गर्छ । पछिल्लो समय बलिउडका केहि फिल्ममा देखा परे पनि उनको चर्चा दक्षिण भारतीय फिल्मबाट नै बढी चल्ने गरेको छ । काजलको जन्म १९ जून १९८५ मा मुम्बईमा भएको थियो । आज हामी उनै काजल अग्रवालको बारेमा प्रायलाई थाहा नभएका केहि रोचक कुराहरु बारे जानकारी दिदैछौं ।

प्रवाससंगको सम्बन्ध
सुन्दरताको मामलामा धेरै बलिउड नायिकालाई समेत पछाडी पर्ने यी नायिकाको नाम बाहुबलीका प्रवाससँग जोड्ने गरिन्थ्यो । धेरै समय सम्म संगै-संगै देखा परेका यी दुईको सम्बन्ध केहि समय अगाडी टुंगिएको भारतीय संचार माध्यमले बताउने गर्छन् ।


न्युड फोटोसुट
काजल आफ्नो करियरको सबै भन्दा विवादित क्षणको बारेमा आफुले न्यूड फोटोशुट गराएको समयलाई सम्झिने गर्छिन् । उनले करियरको सुरुवाती दिनमा  एक पत्रिकाको प्रथम पृष्ठको लागि नग्न तस्विर खिचाएकी थिइन् ।

बलिउड इन्ट्री
बलिउडमा काजलले ‘सिंघम’बाट राम्रो चाप छोडेकी थिइन् । यस फिल्ममा उनी अजय देवगनसँग देखा परेकी थिइन् । उनको यस फिल्मको अभिनयबाट धेरै प्रभावित भएको बताइने गरिन्छ ।

किस सिन 
काजल एक समयमा किसिंग सिनको कारण विवादमा परेकी थिईन् ।उनले ‘दो लफ्जो की कहानी’मा दिएको किसिंग सीनलाई लिएर अहिले सम्म पनि आफुलाई असहज महसूस हुने गरेको बताउने गर्छिन् । रणदीप होडासँग उनले यस फिल्ममा किसिंग सीन दिएकी थिइन् ।

सांस्कृतिक बोल्ड अवतार
तेलगु तथा तामिल फिल्म जगतमा काजल आफ्नो बोल्ड अवतारका कारण पनि चर्चामा रहने गर्छिन् । उनको साँस्कृतिक बोल्ड आवतारका कारण उनलाई प्रसंशकहरुले अप्सराको उपनाम समेत दिने गरेका छन् ।