दीपिका र रणवीरको विवाह पक्का, यता बर्षा मख्ख

बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना प्रेमी रणवीर सिंहसँग विवाह गर्ने फाइनल भएको छ । नोभेम्बरको १४ र १५ तारिखमा उनीहरु बिहे गर्दैछन् ।

दीपिका र रणवीरको विवाहले विश्वभरका  उनीहरुको फ्यानलाई खुशी संचार पनि  गराएको होला । धेरै फ्यानको मन पनि टुट्यो होला । दीपिका र रणवीरले विवाह गर्ने घोषणा गर्दा त्यसको तरंग नेपालमा पनि परेको छ । अझ, नेपाली फिल्मकी अविवाहित अभिनेत्री बर्षा राउतलाई जती खुशी अरुलाई लागेको छैन होला ।

बर्षाले दीपिका र रणवीरले विवाह गर्न लागेको घोषणा गर्दा तयार पारेको पत्र आफ्नो  सबै सामाजिक संजालमा  राखेकी छिन् । यसको मतलब वुझौ कि दीपका र रणवीरले बिहे गर्दा बर्षा पो मख्ख परेकी छिन् ।

कि, आफ्ना प्रेमी संजोग कोइरालालाई बिहेका लागि दबाब दिन बर्षाले यसो गरेकी  पो हुन् कि ? किनकी, दीपिका र रणवीर जस्तै बर्षा र संजोग पनि आधा दशकदेखि प्रेममा छन् । उता, प्रेम गरेर पनि बिहे गर्न लागिसके । यता अझै सुरसार छैन । संजोगले बर्षाको यो तरिकाबाट वुझ्ने पो हो कि ?