पल बुक, आँचललाई अप्ठ्यारो

अभिनेता पल शाह विना आँचल शर्मा फिल्ममा नदेखिदा धेरैलाई लाग्छ, उनी पलविना फिल्म नै गर्दिनन् । पलविना आँचलको चर्चा पनि भएको पाइन्न ।

आँचल र पललाई लिएर म्युजिक भिडियो भने धेरै बनेका छन् । यो जोडीलाई राख्दा युटुबमा भ्यू धेरै हुन्छ भन्ने लोभ पनि होला । तर, फिल्म युटुबको भ्यूले चल्दैन । यही वुझेर होला निर्देशक सुरज सुब्बा नाल्बोले अभिनेता पल शाहलाई फिल्ममा साइन गरेका छन् । पललाई उनले फिल्ममा साइन गराउँदै हिरोइन नयाँ खोजेका छन् । पलका  लागि यसपटक सुरजले आँचल फिट देखेनन् ।

पलले त फिल्म साइन गरेर आफूलाई बुक गराएका छन् । तर, आँचलले भने फिल्म साइन गरेको खबर सुनिएको पनि छैन । आँचल शर्मालाई फिल्ममा अफर गरिएका खबर पनि  सुनिएका  छैनन् ।

पलसँग फिल्म खेल्ने उनको निरन्तरता पनि यसपटक तोडिएको छ । यसो भएको खण्डमा अब आँचलको के हुन्छ भनेर सोचौ न । आँचल शर्मालाई पलसँग नाम नजोडि चल्न गाह्रो परेको बेला पलले नयाँ हिरोइनसँग काम गरे भने आँचलको के होला ?