दक्षिण भारतीय फिल्मबाट डेब्यु गर्ने बलिउड अभिनेत्री

बलिउड अभिनेत्री एक भन्दा अर्का कोही कम छैनन् । कोही आफ्नो बलबुतो र मेहेनतले सफलताको शिखर चुम्न सफल भए भने कोही नाताबादका कारण आए र हराए । आज हामी यस्ता बलिउड अभिनेत्रीहरुको कुरा गर्दै छौ जसले आफ्नो अभिनय यात्रा तामिल तथा तेलगु फिल्मबाट सुरु गरे र बलिउडमा सुपरस्टार बन्न पुगे । अहिले उनीहरुको चर्चा बलिउडमा मात्रै नभएर संसार भर हुने गर्छ ।

ऐश्वर्या राय बच्चन
पुर्व मिस वर्ल्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले १९९७ मा तमिल फिल्म ‘इरुभ’बाट आफ्नो क्यारियर सुरु गरेकी थिईन् । बलिउडमा छुट्टै स्थान बनाइसकेकी ऐश्वर्याको पहिलो फिल्म मणि रत्नमले निर्देशन गरेका थिए ।


प्रियंका चोपड़ा
बलिउड तथा हलिउड स्टार प्रियंका चोपड़ाको अभिनय तारिफ योग्य छ । प्रियंकाले पनि फिल्मी क्यारियरको सुरुवात भने दक्षिण भारतीय फिल्मबाट नै गरेकी थिईन । उनको पहिलो तमिल फिल्म ‘थामिजान’ २००२ मा रिलिज भएको थियो ।

दीपिका पादुकोण
नोभेम्बरमा अभिनेता रणवीर सिंह संग बिवाह गर्न लागेकी अभिनेत्री दीपिका पादुकोणले समेत फिल्मी करियर दक्षिण भारतीय कन्नडा फिल्मबाट सुरु गरेकी थिइन् । उनको पहिलो फ्लिम ‘ऐश्वर्या’ २००६ मा रिलिज भएको थियो ।

यामी गौतम
यामी गौतमले फिल्म ‘उला उषा’ बाट फिल्मी क्यारियर सुरु गरेकी थिईन । यसमा, उनका सह अभिनेताका रुपमा  गणेश रहेका थिए ।

कृति सेनन
कृति सेननको क्यारियरको पहिलो तेलुगु फिल्म ‘नेनेकोकेडिन’ थियो । यस फिल्ममा दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबुले उनको साथमा रहेर काम गरेका थिए ।