‘छक्का पन्जा ३’, दीपिकालाई हात्ती आयो हात्ती आयो फुस्सा नै हो त ?

‘छक्का पन्जा ३’ हलमा लागिरहेको छ । हलमा यो फिल्मले ब्लकबस्टर व्यापारपनि गरिसकेको छ । फिल्मले व्यापार गर्दा यसका कलाकार, निर्माता, निर्देशक सबैको हाइहाइ छ । तर, सबैको हाइहाइ हुँदा फिल्मकी एक मात्र अभिनेत्री दीपिका प्रसाई भने कतै सुनिएकी छैनन् । दीपिका आफैले पनि दर्शकले माया दिएको भन्दै धन्यवाद दिएकी छिन् ।

तर, फिल्म चलेर दीपिकालाई खासै फाइदा हुने देखिएन । किनकी, दीपिकाको कामलाई दर्शकले औषत रुपमा लिएका छन् । दीपिका प्रमोशनमा पनि खासै सहभागी भएकी थिइनन् । ऐश्वर्य फिल्म चल्दा पाएको हाइट दीपिकाले छक्का पन्जा ३ बाट बढाउन नसकेको देखिएको छ ।

प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्काले सानो भूमिका खेलेरै भएपनि छक्का पन्जा ब्रान्डबाट आफूलाई स्टार बनाइसकेका छन् । तर, दीपिकालाई छक्का पन्जा ३ हात्ती आयो हात्ती आयो फुस्सा नै हुने संभावना छ ।