गर्मी सकियो, तर प्रियंकाले यस्तो कुरा मिस गर्नेछिन्

गर्मी महिना धेरैका लागि प्यारो हुन्छ । किनभने, गर्मी महिनामा कपडा धेरै लगाउन पर्दैन । यो बर्षको गर्मी महिनामा नेपाली फिल्मी हिरोइनहरुको विकिनी गेटअप फ्यानहरुका लागि सरप्राइजमाथि सरप्राइज बनेको थियो ।

प्रियंका कार्की, स्वस्तिमा खड्का, सृस्टि श्रेष्ठ, बर्षा सिवाकोटी लगायतको विकिनी शरीरले गर्मीलाई अझै गर्मिलो बनाएको पनि हो ।

अभिनेत्री प्रियंका कार्कीका लागि गर्मी सकिएको छ । कात्तिकको पहिलो हप्तापछि उनका लागि केही महिनाका लागि गर्मी सकियो । गर्मी सकिएको जानकारी उनले स्विमिङ पूलबाट दिएकी छिन् । स्विमिङ पूलमा विकिनी लगाएर पौडिएको तस्बिरले उनको गर्मी सकिएको जानकारी दिएको छ ।

तर, गर्मी सकिदा प्रियंकालाई एउटा कुराको पिर छ । त्यो हो, स्विमिङ पूल । स्विमिङ पूलमा केही महिना पौडिन नपाउँदा प्रियंका चिन्तित छिन् । उनले पूललाई मिस गर्ने जानकारी फ्यानलाई दिएकी छिन् । पूललाई मिस गरिन् कि प्रियंकाले विकिनी शरीर शो गर्न नपाउँदा त्यसलाई मिस गरिन्, उनले नै जानुन् । तर, केही महिना उनको स्विमिङ गेटअप उनका फ्यानले हेर्न नपाउने भएका छन् ।