‘जय भोले’ लगानी सुरक्षित – निर्माता अशोक शर्मा

असोज ३० गते फूलपाती देखी प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ निर्माण पक्षले एक हप्ते कलेक्सन सार्वजनिक भएको छ । फिल्मले प्रदर्शनको पहिलो सातामा लगानी उठाउन सफल भएको निर्माता तथा निर्देशक अशोक शर्माले जानकारी दिएका छन् । निर्माता शर्माले बुधवार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै फिल्मले एक सातामा ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैया बराबरको ग्रस कलेक्सन गरेको जानकारी दिएका हुन् ।

फिल्म कुल १ करोड ३५ लाख लागतमा निर्माण भएको र प्रदर्शनको पहिलो सातामा आफ्नो लगानी सुरक्षति गर्न सफल भएको शर्माले बताए । हाल दोश्रो सातामा देशभरका हलमा सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, जयनन्द लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।