स्वस्तिमालाई फिल्म खेलाउने, गुहार्ने चै निश्चललाई ?

अभिनेत्री स्वस्तिमा खड्का जय भोले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पुगिनन् । उनी त्यो बेला बुलबुल फिल्मको छायांकनमा थिइन् । स्वस्तिमा कार्यक्रममा पुग्न नसकेपछि निर्देशक अशोक शर्माले उनका श्रीमान् निश्चल बस्नेतलाई कार्यक्रममा निम्ता गरे । स्वस्तिमा नपुगेपनि निश्चल कार्यक्रममा पुगे र श्रीमतिको अभाव कम गर्ने प्रयास गरे ।

फिल्म रिलिज भएपछि अशोकले पत्रकार सम्मेलन गरे । सो पत्रकार सम्मेलनका लागि पनि उनले स्वस्तिमालाई फोन गरे । स्वस्तिमाको फोन लागेन । फेरि, उनले उनै निश्चललाई गुहारे । निश्चललाई फोन गरेर स्वस्तिमाको फोन किन लागेन भनेर सोधे ? निश्चलले स्वस्तिमा मुम्बई गएकाले फोन नलागेको जवाफ दिए ।

फिल्ममा अशोकले स्वस्तिमालाई हिरोइन लिएका हुन् । तर, बारम्बार उनी किन निश्चललाई गुहार्न पुगेका होलान् । फिल्मको कलाकार स्वस्तिमा कि निश्चल ? जे भएपनि अशोकलाई स्वस्तिमाले चैनले बस्न दिएकी भने रहिनछिन् ।