पोस्टरमा ‘चङ्गा चेट’

‘चङ्गा चेट’ फिल्म प्रदर्शनका लागि एक साताको समय बाँकी रहँदा निर्माण पक्षले फिल्मका केही पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरहरु श्रीधर पौडेलको फोटोग्राफीमा आनन्द महर्जनले डिजाइन गरेका हुन् ।

यस अघि फिल्मका गीत तथा ट्रेलर सार्वजनिक भइसकेका छन् । फिल्मको गीत संगीत तथा ट्रेलरले उत्कृष्ट प्रतिकृया पाएको छ । पहिलो सार्वजनिक ‘गोजिमा दाम छैन’ बोलको गीतले यूट्युबमा करोड बढि भ्यूज पाएको छ । कात्तिक १६ गतेबाट रिलिज हुन लागेको फिल्मका सार्वजनिक पोस्टरमा फिल्म भित्रको कथावस्तु चित्रित छन् । एक पोस्टरमा फिल्मको सुपर हिट गीत गोजीमा दाम छैनको झलक देख्न पाइन्छ भने अर्को पोस्टरमा फिल्मका मुख्य कलाकार सुरक्षा पन्त, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रविन्द्र झालाई कैदीको रुपमा चित्रण गरिएको छ ।

दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायतको अभिनय रहेको  छ भने निश्चल बस्नेत, बेनिशा हमाल र रीचा शर्मा अतिथि भुमिकामा देखिनेछन् । प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द, निरक कँडेलको छायांकन रहेको फिल्म दीर्घ खड्काको सम्पादन गरेका हुन् ।