लुटेरा नै लुटिए (भिडियो)

प्रेम अनौठो छ । पैसा झनै अनौठो छ । प्रेममा मानिस पागल हुन्छ र त्यही पागल पनले कहिले काहीँ मृत्यु समेत निम्त्याउँछ । त्यस्तै एक प्रेमकथामा आधारित गायक शिव परियारको नयाँ गीत ‘अलि अलि’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रेमी प्रेमिका बनेका राहुल शाहको अलिशा शर्माले पैसाका लागि गरेको हत्या देखाइएको छ ।

अलिशाको खुसीको लागि राहुल लुटेरा बन्छन् । लुटेर ल्याएको पैसाले आफ्नो जीवन सुखी बनाउने सपना देख्छन् । तर उनकी प्रेमिका अलिशाको अर्कै केटासंग प्रेम सम्बन्ध हुन्छ र राहुलले लुटेरा ल्याएको पैसाका लागि उनको हत्या गरेर अर्कै केटासँग फरार हुन्छिन् । कलात्मक ढंगबाट यो कथालाई डान्सिङ फ्लेभर दिएर भिडियोको निर्देशन समेत राहुल शाहले नै गरेका हुन् । भिडियोमा राहुल र अलिशासंगै भाइव एण्ड वेभ डान्स ग्रुप फिचर्ड छन् ।

शिवालय नामक एल्बममा सामावेश सार्वजनिक ‘अली अली’ बोलको गीतमा इन्द्र बहादुर चोङवाङ लिम्बुको शब्द र गायक शिव परियारकै संगीत रहेको छ । सुहाना क्रियसनले निर्माण गरेको भिडियोमा पवन सुस्लिङको छायाङ्कन तथा सम्पादन र राहुल शाहको कोरियोग्राफी रहेको छ । शिव परियार नेपाली संगीतको क्षेत्रमा भर्सटाइल सिङ्गरका रुपमा परिचित छन् । एल्बमसंगै चलचित्रको प्ले ब्याक सिङ्गिङमा उनी धेरैको रोजाई बन्ने गरेका छन् ।