निर्देशक बन्दै केकी !

नायिका केकी अधिकारी अब निर्देशक बन्ने भएकी छिन् । केही समय अगाडी ‘कोहलपुर एक्सप्रेस’ फिल्म निर्माण गरेर निर्माणमा डेब्यु गरेकी अधिकारीले म्युजिक भिडियो निर्देशनबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन् ।

खबर बाहिरिए अनुसार गायक तथा मोडेल आर्जन पाण्डेको एक नयाँ गीतको भिडियो केकी आफैँले निर्देशन गर्न लागेकी हुन् । जुन भिडियो हाल छायांकनको क्रममा रहेको बुझिएको छ । केकी कोहलपुर एक्सप्रेस पछी फिल्म नाई नभन्नु ल ५ मा देखिएकी थिइन् भने उनी नायिका रिमा विश्वकर्मासंगै फिल्म सरकारी जागिरमा अनुबन्ध भएकी छिन् । म्युजिक भिडियोबाट निर्देशन यात्रा सुरु गर्न लागेकी केकीले भविष्यमा फिल्म निर्देशनका लागि पाइला अगाडी बढाउने सम्भावना देखिएको छ । दर्जनौँ म्युजिक भिडियो तथा फिल्ममा अभिनय गरेकी केकीको निर्देशन यात्रा कस्तो रहनेछ त्यो भने भविष्यमा थाहा हुनेछ ।