सँगै फिल्म खेल्दै अनमोल र दीपक !

नेपाली फिल्म क्षेत्रमा विभिन्न हल्लाहरु बेला बखत चल्ने गरेका छन् । हल्ला कहिले साचो सावित हुन्छ त कहिले हल्लामा मात्रै सिमित रहन्छ । केहि समय यता त्यस्तै अर्को एक हल्ला चल्न थालेको छ फिल्मी बजारमा कि अनमोल केसी र दीपकराज गिरि एउटै फिल्म खेल्दै छन् भन्ने ।
हल्ला चल्न थालेको पनि धेरै भएको छैन । दिपकराज गिरी र उनको टिमसंगै भुवन केसीलाई वितरक मनोज राठीले उक्त प्रस्ताव राखेका थिए । यो कुरामा दुबैपक्ष सकारात्मक रहेको बुझिएको छ । खबर अनुसार फिल्ममा दुवैको समान भूमिका भएको खण्डमा कुरा अगाडी बढ्नेछ । सो बिषयमा दीपकराज गिरी र भुवन केसीले आफुहरुलाई वितरक राठीबाट उक्त प्रस्ताव आएको स्वीकार गरेका छन् ।
बुझिए अनुसार दुवै टिममा हाल यो कुराले बहस सुरु भएको छ । छक्का पन्जा सिरिजबाट चर्चामा रहेका दीपक र युवा स्टार अनमोललाई राखेर फिल्म निर्माण गर्ने वितरक मनोज राठीको प्रस्तावले सार्थकता पाएमा नेपाली बक्स अफिसले एक पटक गर्माउने मौका पक्कै पाउने छ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया