फिल्म ‘रुमालै छ चिनो’ को ‘ए माया’ गित सार्वजनिक

फिल्म ‘रुमालै छ चिनो’ को ‘ए माया’ बोलको गित सार्वजनिक भएको छ । चर्चित संगीतकार तथा गायक अर्जुन पोखरेल र चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको यस गीतमा शब्द तथा संगीत अर्जुन पोख्रेल कै रहेको छ । कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस फिल्मको नाम राखिएको हो । गीतमा नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् । लोक शैलीमा निर्माण गरिएको यस गितको भिडियोमा कोरियोग्राफी सागर लामाको रहेको छ । भिडियो छायांकन बिनोद सापकोटाले गरेका हुन् भने सम्पदान शिब थारुको रहेको छ ।

रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको यस् फिल्मलाई चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको हो ।