‘जय भोले’ मन पर्यो – डा. बाबुराम भट्टराई

असोज ३० गते फुलपतीको दिन देखी प्रदर्शनमा आएको फिल्म जय भोले सफलताका साथ नेपालभर प्रदर्शन भइरहेको छ । दर्शकहरुको उत्साहजनक साथ पाइरहेको फिल्म जय भोले हेर्न नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पत्नी हिशिला यमी संगै काठमाडौँ सुनधारा स्थित सिभिल मलमा रहेको क्युएफएक्स हल पुगेका छन् ।

दर्शकसंगै बसेर फिल्म हेरेका भट्टराईले फिल्म राम्रो लागेको प्रतिक्रिया दिएका छन् । फिल्मको कथाबस्तुले मौलिकपन बोकेकाले राम्रो लागेको प्रतिक्रिया उनको थियो । उनले फिल्मले गरिव र धनीबीचको सम्बन्ध देखाउन खोजेको जानकारी दिए । असोक शर्मा निर्देशत यस फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ ।