हङकङमा ‘रोज’

- मेराेफिल्म

भदौ २२मा नेपालमा प्रदर्शनमा आएको फिल्म ‘रोज’ हङकङमा प्रदर्शन हुने भएको छ । फिल्म प्रदर्शन लिएर फिल्मकि नायिका मिरुना मगर हङकङ पुगेकी छिन् ।

फिल्म हङकङ स्थित ग्राण्ड ओसन सेन्टरमा अक्टोबर २८ तारिक साँझ ७:३० बजे प्रदर्शन गरिनेछ । हङकङमा फिल्मलाई किङ्स इभेन्ट्स हङकङले प्रदर्शन गर्न लागेको हो । प्रदीप खड्का, मिरुना मगर र परमिता आर एल राणाको मुख्य भूमिका रहेको फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन् । फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले संयुक्त रुपमा निर्माण गरेका हुन् । नेपालमा आंशिक सफलता पाएको फिल्मले विदेश प्रदर्शनमा दर्शकको उत्साहजनक साथ पाउने निर्माण पक्षले बताएको छ ।

२०७५ कार्तिक १० गते १५:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *