पुर्वप्रधानमन्त्री नेपालसंगै मरिश्का र मनोज बेलायत जाँदै

गायनसँगै पछिल्लो समय समाज सेवालाई निरन्तरता दिदै अगाडी बढिरहेका गायक हेमन मोक्तानले ‘अध्यारोबाट उज्यालोतर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’ भन्ने नारा सहित बेलायतमा कार्यक्रम गर्ने भएका छन् । हेमनले आफ्नो गैह्र नाफामुलक संस्था मानव जीवन संरक्षण मञ्च नेपाल मार्फत बेलायतबाट अभियानको सुरुवात गर्न लागेको बताएका छन् । झन्डै पाँच करोडको अक्षयकोष निर्माणगरी नेपाल सरकारद्वारा पिछडिएको क्षेत्र घोषित ७ वटै प्रदेशका ५७ स्थानीय तहका विद्यार्थी लाभान्वित हुनेगरी सौर्य ऊर्जा सहितको कम्प्युटर प्रयोगशाला स्थापना गर्ने उदेश्यका साथ मञ्चले यस अभियानमा अगाडी बढेको जनाइएको छ ।
नोभेबर १७मा लन्डनको ग्रीनफोर्ड टाउन हलमा बृहत् सांगीतिक कार्यक्रम तथा नेपाल भ्रमण वर्ष, २०२० को प्रवर्धन कार्यक्रम आयोजना गरि उद्घाटन गरिने हेमनले जनाए । ‘हामी नेपाल भ्रमण वर्षको अभियान सहित हाम्रो अभियानमा अगाडी बढेका छौ, सम्माननीय पुर्वप्रधानमन्त्री माधव कुमार नेपालसँगै हाम्रो टिम लण्डन प्रस्थान गर्दैछौ’ हेमनले बताए । उनले यस अभियानमा हास्यकलाकार मनोज गजुरेल र अभिनेत्री मरिस्का पोखरेलले पनि साथ् रहने बताए । ‘हाम्रो अभियानसँगै हामीले सांस्कृतिक प्रस्तुतिहरु पनि पेश गर्नेछौ’ उनले भने ‘हाम्रो प्रस्तुतिले उपस्थितलाई मनोरंजन प्रदान गर्नेछ ।’
अभियानको उद्घाटन सन् १९६० मा स्थापित बेलायतमा कार्यरत नेपालीहरूको संस्था यति नेपाली एसोसियसन युके र गैर आवासीय नेपाली संघ बेलायत शाखा तथा मञ्चको संयुक्त आयोजनामा हुदैछ । कार्यक्रममा सहभागी हुनकै लागि पूर्वप्रधानमन्त्री नेपाल बेलायत पुग्दैछन । हेमनले पूर्वप्रधानमन्त्री नेपालको उपस्थितिले कार्यक्रममा ‘सुनमा सुगन्ध’ भए झैँ भएको बताए । बेलायतपछी अभियान क्यानडा, अमेरिका, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू जस्ता २० मुलुकमा अभियान पुर्याउने लक्ष्य निर्धारण गरिएको अभियान सञ्चालनपश्चात पहिलो चरणको कार्यक्रमको समापन विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा कार्यक्रम गरिनेछ ।
जसबाट तिलिचो ताल विश्वकै प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुग्ने अभियानकर्ता हेमनले बताए । उनको संस्थाले तराईका जिल्लामा पुस्तकालय स्थापना, शितलहर पीडित बालबालिकालाई न्यानो लत्ताकपडा वितरण, स्वास्थ्य शिविर सञ्चालन, एचआइभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि अक्षयकोष निर्माण तथा रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्ला लक्षित गरी सिन्धुलीको दुम्जा गाउँपालिकामा सौर्य ऊर्जासहितको कम्प्युटर प्रयोगशाला स्थापना लगायतका गतिविधि गर्दै आइरहेको छ ।
तस्वीरहरु आर्यन बिमली

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया